Nepal Life Insurance

बीमा समितिद्वारा चिया खेती बिमालेख जारी गर्ने तयारी

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १३:१५

Binita Siwakoti

असोज ७, काठमाडौं । बीमा समितिले चिया खेती बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरुको माग गर्न थालेपछि समितिले चिया खेतीले बीमालेख जारी गर्ने तयारी गरेको हो ।

चियाखेती बीमालेखले कुनै कारण खेतीमा क्षति भएमा दाबी भुक्तानी गर्छ । आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ, तुसारो, आकस्मिक, दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी–नोक्सानी भएमा कम्पनीले दाबी भुक्तानी गर्छ । साथै यस बीमालेखले बीमितको दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा वापत भुक्तानी गर्नेछ ।

बीमितले पालना गर्नुपर्ने शर्तहरु क्षतिपूर्ति नदिने अवस्थाहरु
कृषकको परिवारकोे लापरवाहीको कारणले वा जानाजान मनोरञ्जनको कारण खेतीमा क्षतिमा भएमा कम्पनीले भुक्तानी गर्दैन । साथै कानुनी निकायको आदेशमा बीमा गरिएको चिया खेतीलाई नष्ट गर्नु पर्ने भएमा, चोरी भएमा, बीमितले आफनो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेमा, युद्घ, अतिक्रमण, विदेशी सैन्य  कारवाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट बीमा गरिएको चिया खेतीमा क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । साथै बीमा गर्दा कृषकले झुट्टा विवरण दिएमा पनि कम्पनी  दाबी भुक्तानी गर्न बाध्य हुँदैन ।

चिया खेतीको बीमा गरेपछि कृषकले आफनै खर्चमा उचित रेखदेख तथा उपचार गराउनु पर्छ । चिया खेतीमा  नियमित मलखाद ब्यवस्थापन, काँटछाँट, प्रति टिपाई, बगान सम्भार, गोडमेल तथा अन्य कार्यहरु नियमित रुपमा गर्नुपर्नेछ । साथै, सोको नियमित रुपमा कृषक डायरी अभिलेख राख्नुपर्छ । बीमकले चाहेको जुनसुकै  समयमा चिया खेती परीक्षण वा निरीक्षण गर्न सक्नेछ । बीमालेखमा तोकिए बमोजिमको शर्त अनुसार बीमा गरिएको बालीको उचित स्याहार सम्भार नगरेको अवस्थामा बीमकले बीमितलाई सात दिनको लिखित सूचना दिई बीमालेख रद्द गर्न सक्नेछ ।

चिया खेतीको बीमा गर्नका लागि न्यूनतम ०.०५ हेक्टर जग्गामा अधिकतम ७५० वोट (गाँज) सम्म हुनु पर्नेछ । चिया खेतीको बीमा चिया रोपिएको शुरु वर्ष देखी बीमा गर्न सकिनेछ । एक कृषकले एकै क्षेत्रफलमा लगाईएको चिया खेतीको आंशिक बीमा गर्न पाइनेछैन ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....