Nepal Life Insurance

मंगलबार नेप्सेमा २२.३७ अंकले वृद्धि , निर्जीवन बीमा ४९ दशमलव १९ अंकले वृद्धि

प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार १७:००

Binita Siwakoti

 असोज ९,काठमाडौँ ।   मंगलबार नेप्से २२.३७ अंकले बढेर १२८०.०५ बिन्दुमा उक्लिएको छ भने कारोबार रकम एक अर्ब १२ करोड नाघेको छ । जुन आइतबारको कारोबार रकमभन्दा ३५ करोडले बढी हो ।  यसदिन १७३ कम्पनीको ४४ लाख १७ हजार २३० कित्ता शेयर किनबेच भयो । जसमा वाणिज्य बैंकहरुको मात्रै ७७ करोड ८० लाख बढीको शेयर किनबेच भएको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका समूहमध्ये १० समूहमा सुधार आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा ४९ दशमलव १९, विकास बैंक ३७ दशमलव ३१, जीवन बीमा ३७ दशमलव ३६ र वाणिज्य बैंक २९ दशमलव १ अंकले बढेपछि बजारमा उछाल आएको हो । यसदिन अन्य समूहमा भने १ दशमलव ४६ अंकको सामान्य गिरावट आएको छ ।

यसदिन सबैभन्दा धेरै प्रभू बैंकले ८ करोड ५१ लाख बढीको कारोबार भयो । एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, जनता बैंक र नेपाल बैंकको पनि पाँच करोड बढीको शेयर किनबेच भयो । सबैभन्दा धेरै भार्गव विकास बैंकको सेयर मूल्य ९.८२ प्रतिशतले बढ्यो । यस्तै, सनराइज बैंकको ८.१६ प्रतिशत तथा प्रभू बैंकको शेयर मूल्य ७.३६ प्रतिशले बढेको छ । यसदिन गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४.५४ प्रतिशतका दरले गुमाए ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....