Nepal Life Insurance

साताको अन्तिम दिन सेयर बजारमा १० दशमलव ५६ अंकको गिरावट

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहीबार १६:४३

Binita Siwakoti

असोज ११, काठमाडौं ।  नेप्से परिसूचक १० दशमलव ५६ अंकले ओरालो लागेको छ । यस अघि बुधबार पनि सेयर कारोबारमा गिरावट देखिएको थियो । गत मंगलबार २२ अंकभन्दा बढीले बढेको नेप्से परिसूचक बुधबार २ अंकले ओरालो लागेको थियो ।

बिहीबार १० दशमलव ५६ अंकले घटेर नेप्से परिसूचक १ हजार २ सय ६७ दशमलव १८ अंकमा आइपुगेको छ । यस अघिको कारोबार भन्दा बिहीबारको कारोबार रकममा भारी अंकको गिरावट देखिएको छ । गत मंगलबार करिब सवा अर्ब रुपैयाँको कारोबार भएको थियो । तर, बुधबार भने अर्ब रुपैयाँ पनि कारोबार पुगन सकेन ।

बिहीबार भने कारोबार रकम ५७ करोड रुपैयाँका खुम्चिएको छ । दिनभरमा भएका ६ हजार ६ सय ५७ कारोबारबाट २१ लाख ९६ हजार ९ सय २६ कित्ता विभिन्न कम्पनीका सेयरहरु खरिद बिक्री भएका छन् ।

जसअनुसार कारोबार रकम भने ५७ करोड ३८ लाख २० हजार ९ सय ६६ रुपैयाँमा खुम्चिएको छ । बुधबार भने ९० करोड भन्दा बढी रकमको सेयर कारोबार भएको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....