Nepal Life Insurance

दशैंको अग्रिम टिकट सकिएको छैन, समयमै टिकट काट्नुहोस् – ट्राफिक प्रहरी

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार १५:५७

Binita Siwakoti

असोज १२, काठमाडौँ । दशैँको लागि खुल्ला गरिएको लामो दुरीका सवारीको टिकट नसकिएको ट्राफिक प्रहरीले जानकारी दिएको  छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार पत्रकार सम्मेलन गरी कुनै पनि बसहरूको टिकट नसकिएको जनाएको हो ।

ट्राफिक प्रहरी महाशाखाले टिकट सकिएको भन्ने हल्ला हल्ला मात्र भएको समेत जनाएको हो।महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘अहिलेसम्म कुनै पनि सवारीको टिकट सकिएको छैन। अहिले पनि बुकिङ भइरहेको छ। समयमा नै टिकट लिएर दशैँ मनाउन जाँदा सहज हुन्छ।’

महाशाखाले अहिलेसम्म २८ हजार टिकट विक्री भइसकेको जनाएको छ। टिकट बुकिङमा कालोबजारी, ठगी तथा यात्रुलाई सास्ती दिनेलाई कारबाही हुने एसएसपी पन्तले बताए। ‘टिकटमा हुने ठगी रोक्न ट्राफिक प्रहरीले सदा पोसाकमा प्रहरी समेत परिचालन गरेको छ,’ एसएसपी पन्तले भने,’ कसैले पनि टिकटमा कुनै पनि ठगी तथा कालोबजारी गर्छ भने हामीलाई सम्पर्क गर्नुहोला कारबाही गर्छौँ।

यात्रुको सहायताको लागि उपत्यका भित्रका विभिन्न १३ स्थानमा सहायता कक्ष समेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। यसवर्षको दशैँमा करिब २४ लाख मानिस उपत्यकाबाहिर जाने प्रहरीले अनुमान गरेको छ। दशैँमा यात्रुलाई सवारीको कारणले हुने दुख न्यूनिकरण गर्न थप बसहरू सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेकोसमेत एसएसपी पन्तले बताए।

अहिले उपत्यकाका बाहिरिने ६ वटा नाकाबाट दैनिक ८ हजार यात्रु बाहिरिने तथा ७ हजार यात्रु भित्रिने गरेको ट्राफिकको तथ्यांकमा उल्लेख छ। दशैँलाई लक्षित गरी महाशाखाले सडक सुरक्षाको लागि विषेश व्यवस्था मिलाएको जनाएको छ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....