Nepal Life Insurance

६ वटा जीवन बीमा कम्पनीद्वारा बोनसदर घोषणा , एशियन इन्स्योरेन्सले गर्यो ब्रेकथ्रु

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार १३:४६

Binita Siwakoti

असोज १५, काठमाडौं ।  गत आर्थिक बर्षमा जम्मा ६ वटा जीवन बीमा कम्पनीले मात्रै बीमा समितिबाट बोनशदर स्वीकृत गराएका छन् ।  कम्पनीले कम्पनीको नाफाको आधारमा बोनश तय गर्छन् । बोनशदर स्वीकृत गराएका ६ वटा कम्पनीमध्ये एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ब्रेकथ्रु गरेको छ ।

कम्पनीले अघिल्लो आवको लागी न्यूनत्तम प्रतिहजारमा ४१ र अधिकत्तम प्रतिहजार ८५ रुपैयाँ तोकेको छ । कम्पनीले तोकेको अधिकत्तम दर अहिलेसम्मकै उच्च हो । पुराना कम्पनीहरुले हालसम्म अधिकत्तम प्रतिहजार ८२ रुपैयाँसम्म प्रदान गर्दै आएका छन् । पाँच बर्ष अगाडी कम्पनीको न्यूनत्तम प्रतिहजार २५ रुपैयाँ र अधिकत्तम ६८ रुपैयाँ कायम रहेको थियो ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले न्यूनत्तम बोनशदरमा प्रतिहजार ३ रुपैयाँ बृद्धि गरेको छ । कम्पनीले आव २०७३÷७४ को लागि न्यूनत्तम प्रतिहजार ६५ रुपैयाँ र अधिकत्तम प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ । यस अघिका चार बर्षमा कम्पनीले न्यूनत्तम प्रतिहजार ६२ रुपैयाँ र अधिकत्तम प्रतिहजार ८२ रुपैयाँ वितरण गरेको थियो ।

प्राईम लाईफ इन्स्योरेन्सले आव २०७३/७४ का लागी अधिकत्तम प्रतिहजार ७५ रुपैयाँ बोनशदर निर्धारण गरेको छ । यो रकम विगत पाँच बर्षको तुलनामा प्रतिहजार १२ रुपैयाँले बढी हो । कम्पनीले न्यूनत्तम प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ । यो रकम पाँच बर्षको तुलनामा प्रतिहजार १६ रुपैयाँले बढी हो । आव २०६९/७० कम्पनीको बोनशदर अधिकत्तम प्रतिहजार ६३ रुपैयाँ र न्यूनत्तम प्रतिहजार १९ रुपैयाँ थियो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....