Nepal Life Insurance

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागी ५ जनाको नाम सिफारिश

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार १२:४५

Binita Siwakoti

असोज १६, काठमाडौँ । सरकार द्धारा सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागी स्वास्थ्य मन्त्रालयले ५ जनाको नाम छनौट गरेको छ । मन्त्रालय अन्तर्गत गठित निर्देशक छनौट समितिको आईतबार बसेको बैठकले मन्त्रालयले तोकेको योग्यता पुरा गरेका ५ जनाको नाम सिफारिश गरेको हो ।

उक्त पदका लागी ७ जनाले आवेदन दिएका थिए । डा.सतिश कुमार देव, श्रीमान् कार्की, शैलेस कुमार मिश्र, डा.दामोदर बसौला र रमेश कुमार पोखरेल, काशिनाथ रिमाल र डा.मदनकुमार उपाध्यायले निवेदन दिएका थिए । तर, स्वास्थ्य बीमा ऐन २०७४ को दफा २१ (क) बमोजिम योग्यता नपुगेको भन्दै काशिनाथ रिमाल र मदन कुमार उपाध्यायको नाम छनोट सुचिबाट हटाईएको मन्त्रालयले बताएको छ ।

छनोट भएका पाँच जनामध्ये डा.दामोदर बसौलले जीवन बीमा बिषयमा नै विद्यावाधिरी गरेका हुन् । बीमा सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएका बसौला अध्यापन क्षेत्रमा पनि संलग्न छन् । त्यसैगरी श्रीमान् कार्की बीमा समितिका पूर्व निमित्त कार्यकारी निर्देशक हुन् । उनले गत जेठमा समितिबाट अवकाश पाएका हुन् । डा.सतिश कुमार देव नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य हुन् । शैलेस कुमार मिश्र नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन् ।

लोक सेवा आयोगका अध्यक्ष वा प्रतिनिधि संयोजक र स्वास्थ्य सचिव सदस्य सचिव रहने छनौट समितिले उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्ने र त्यसमध्ये एक जनालाई निर्देशक बनाउँनेछ । निर्देशकको पद ४ बर्षको हुनेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....