Nepal Life Insurance

आज बाट नयाँ नोट सटही गर्न पाउने , यी स्थानमा साट्न सकिन्छ नोट !

प्रकाशित मिति: २१ आश्विन २०७५, आईतवार १०:५४

Binita Siwakoti

असोज २१, काठमाडौँ । बडादशैंको लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आजबाट उपलब्ध गराउँदैछ । आज (भदौ २१) देखि २९ गतेसम्म नयाँ नोट सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

५, १०, २०, ५० दरका दुई— दुई पाकेट र १०० दरका एक पाकेट गरी एकजनाले अधिकतम २७ हजार रुपैयाँसम्म सटही गर्न सक्नेछ ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नोट सटही गर्न सकिने राष्ट्र बैंकले भनेको छ ।

नेपाल बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरमा नयाँ नोट सटहीको सुविधा छ ।   त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु  सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी , बालाजुमा पनि नोट सटहीको सुविधा छ ।

यता, कृषि विकास बैंकको शाखा कार्यालयहरु  गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क। स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....