Nepal Life Insurance

लघुवित्त वित्तिय संस्थाले पनि विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न पाउने

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार १३:३१

Binita Siwakoti

असोज २२, काठमाडौं  । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थालाई पनि  विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न दिने भएको छ । राष्ट्र बैंकका अनुसार यस्तो सेवा  १० करोड रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले मात्र  पाउने छ ।

 कम्तीमा २० वटा शाखा काार्यलय सञ्चालनमा रहेको, कम्तीमा २० हजार ग्राहकसँग कर्जा÷ बचत कारोबार गरेको, राष्ट्र बैंकमा पेश गर्नुपर्ने विवरण अनलाइन मार्फत पेश गर्ने प्रतिबद्धता गरेको र सुचना प्रणाली भरपर्दे प्रविधि भएको लघुवित्तले विद्युतीय माध्यमबाट भुक्तानी दिन पाउँनेछन् ।

विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नको लागि लघुवित्त कम्पनीले राष्ट्र बैंकसँग अनुमति माग्नु पर्नेछ । सेवा सञ्चालन गर्नेसम्बन्धी निर्णयको प्रतिलिपि, कार्डहोल्डरको सुरक्षाको प्रत्याभुती गरेको हुनुपर्ने, इन्टरनेट सेवा प्रदायकसँस्था सँग सेवा प्रदानका लागि सम्झौता गरेको हुनुपर्ने लगायतका विषय निवदेनसँगै राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । लघुवित्तले भुक्तानी सेवा प्रदान गर्दा कारोबार पश्चात एसएमएस अलर्ट प्रदान गर्नुपर्नेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....