Nepal Life Insurance

हिमालयन ऊर्जाले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार १२:३२

Binita Siwakoti

असोज २४,काठमाडौँ । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो ।

स्थानीय प्रभावितलाई अतिप्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो । रु एक सय अङ्कित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ । कम्पनीको शेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द मङ्सिर ५ गते हुनेछ । न्यूनतम ५० कित्ता र अधिकत्तम चार हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत रु एक अर्ब ९१ करोड ४१ लाख १४ हजार रहेको छ । माथिल्लो खिम्ती दोस्रोको लागत रु एक अर्ब २३ करोड २२ लाख ६० हजार रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....