Nepal Life Insurance

‘मेगा रेमिट’ द्वारा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार १६:४८

Binita Siwakoti

असोज २४, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा रेमिटले’ दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ। दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो।

सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ। शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ र यो खाता अनलाइन मार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने छ। यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ। भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।

विदेशमा रहेका नेपालीका परिवारहरुलाई पनि आर्थिक सम्वृद्धिका विभिन्न सुविधाहरु बैंकले प्रदान गर्नेछ। नेपालमा बसेका सदस्यलाई लघुवित्त कर्जा, उपभोक्ता कर्जा, व्यापार व्यवसाय गर्नका लागि साना तथा मझौला कर्जामा विषेश छुटका साथै बैंकिङ्ग सुविधाहरुको परामर्श प्रदान गरी छिटो र छरितो कर्जा उपलब्ध गराउने बैंंकले जानकारी दिएको छ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....