Nepal Life Insurance

माथिल्लो तामाकोशीको एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण शेयर कात्तिकमा

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार १५:४१

Binita Siwakoti

 असोज २९, काठमाडौं ।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण शेयर ९आईपिओ० जारी गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरले हुने एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् ।  आईपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन सकिनेछ।

आइपिओमा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आइपिओमा आवेदन दिन सक्नेछन् ।

तामाकोशीले यसअघि नै दोलखाका स्थानीयबासीका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता शेयर साउन १६ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन गरिसकेको छ । यस शेयरको बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....