Nepal Life Insurance

नेप्से परिसूचकमा १३ अंकको गिरावट

प्रकाशित मिति: ११ कार्तिक २०७५, आईतवार १६:३८

Binita Siwakoti

कात्तिक  ११, काठमाडौँ । नेप्से परिसूचक आइतबार १३ अंकले घटेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभावसँगै केही दिनयता नेप्से परिसूचक ओरालो लागिरहेको छ। यस दिन १६० कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको कारोबार भयो।

यस दिन होटल समूह १ अंकमुनि हरियो रहे पनि अरु सबै समूह रातो अंकमा रहे। बैंकिङ १५, विकास बैंक १०, जलविद्युत ९, फाइनान्स ६, निर्जीवन बीमा समूह ७९, उत्पादन ३, अन्य १, माइक्रोफाइनान्स १४ तथा जीवन बीमा समूह ४१ अंकले ओर्लिए।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २ करोड ३३ लाखको कारोबार भयो। प्रभु बैंकको २ करोड ३२ लाखको कारोबार हुँदा एनआइसी एसिया बैंकको २ करोड २८ लाखको सेयर किनबेच भयो।

नाफाका आधारमा नेपाल सेवा लघुवित्त बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाए। रैराङ हाइड्रोको मूल्य करिब ५ प्रतिशतले बढ्यो। आइमई जनरल इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले घट्यो।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....