Nepal Life Insurance

४ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन

प्रकाशित मिति: १२ कार्तिक २०७५, सोमबार १५:१४

Binita Siwakoti

कात्तिक १२, काठमाडौँ । नेपाल राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले कात्तिक १२ गते सोमबार ४ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको छ । केन्द्रीय बैंकले यसअघि जारी गरेको ९१ दिने र ३६४ दिने पुरानै ट्रेजरी बिलको नविकरण गर्न लागेको हो ।

ट्रेजरी बिल खरीद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्रमा अनलाईन विडिङ्ग प्रणालीद्धारा बोलपत्र पेश गरिसक्न आह्वान गरिएको छ ।  ती ट्रेजरी बिल कार्तिक १२ गते मंगलबार जारी गरिने केन्द्रीय बैंकले जनाएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल २०७५ माघ १५ गते र ३६४ दिने अवधिको बिल २०७६ कात्तिक १२ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकका अनुसार सरकारका लागि आन्तरिक ऋण जुटाउन यसपटक २ अर्ब रुपैयाँको ९१ दिने, र २ अर्ब रुपैयाँकै ३६४ दिने अवधिको ट्रेजरी बिल नविकरण गर्न लागिएको हो ।

राष्ट्र बैंकले यसअघि कात्तिक ५ गते पनि राष्ट्र बैंकले १२ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गरेको थियो । ९१ दिने अवधिको पाँच अर्ब ५० करोडको ट्रेजरी बिलमा २.३०५ गुणा र १८२ दिने अवधिको पाँच अर्बमा १.५७८ गुणा र ३६४ दिने दुई अर्बको ट्रेजरीमा ३.२४५ गुणा बढीको बोलकबोल भएको राष्ट्र बैंकले जनाएको छ ।

सो ट्रेजरी बिल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....