Nepal Life Insurance

सानिमा इन्सुरेन्सले आगार्मी आर्थिक वर्षभित्र देशभरि २० वटा शाखा कार्यालहरु सुचारु गर्ने

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार १६:१७

Binita Siwakoti

कात्तिक १४, काठमाडौं । सानिमा इन्सुरेन्सले आगामि आर्थिक वर्षभित्र देशभरि २० वटा शाखा कार्यालहरु सुचारु गर्ने भएको छ। विराटनगरमा नयाँ शाखा उद्घाटन गर्ने क्रममा कम्पनीका सञ्चालक खेम लामिछानेले देशका सबै मुख्य सहरहरुमा सानिमा इन्सुरेन्सको शाखा खोल्ने जानकारी दिएका हुन्। गाउँ केन्द्रित सेवा उपलब्ध गर्न स–साना सहरहरुमा सानिमा इन्सुरेन्सका शाखा खुल्न लागेको हो।

सानिमा इन्सुरेन्सले जारी गरेको प्रेस विज्ञप्तीमा कम्पनीले सबै किसिमका निर्जिवन बिमा सुरु गरेको जनाएको छ । ‘हामी देशका दूर दराज क्षेत्रमा गएर कृषि र पशुपालन बिमामा पनि सक्रिय भएर आएका छौं।’ बिरगंज शाखाको उद्घाटनका क्रममा लामिछानेले भने, ‘दुर्गम र बिमाको पहुँच नपुगेको क्षेत्र हाम्रो प्रथामिकतामा पर्नेछन्।’

देशका सफल उद्योगी, व्यवशायी, बैंकर्स तथा गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको उक्त कम्पनीले चाँडै सर्वसाधारणको लागि ३० करोड रुपैंया बराबरको सेयर खुल्ला गर्ने जनाएको छ।
कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड, जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....