Nepal Life Insurance

तिहारमा विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन – कुलमान घिसिङ

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार १७:०१

Binita Siwakoti

कात्तिक १४, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा विजुलीको कुनै अभाव नहुने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध रहेको बताए ।

‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं,’ उनले भने,’विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।’उनले कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको आश्वास्त पारे ।

यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने बताएको छ । ‘१२७० मेगावाटको माग पनि हामीले गरेको अधिकतम् अनुमान हो । १२ सय मेगावाट पनि कट्ला कि नकट्ला’ उनले भने,’यो वर्षको तिहार गत वर्षहरुको भन्दा निकै कम्र्फटेबल छ ।’

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....