Nepal Life Insurance

माछापुच्छ्रे बैंकले ओम अस्पताल र नेपाल क्यान्सर अस्पतालसँग गर्यो सम्झौता

प्रकाशित मिति: १५ कार्तिक २०७५, बिहीबार १३:०२

Binita Siwakoti

कात्तिक १५, काठमाडौं । माछापुच्छ्रे बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबु काजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्षसुदिप श्रेष्ठबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७% सम्मको छुट पाउन सक्नेछन् । ओम हस्पिटलले उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यान/एक्सरे, म्यामोग्राफि, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७% छुट दिने भएको छ ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाकाल देखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

त्यसै गरी अर्का सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५% देखि १०% को छुट पाउन सक्नेछन् । नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १०% छुट दिने भएको छ ।

साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५% छुट पाउने भएका छन् । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र क्यान्सर रोग सम्बन्धी सेवा प्रदान गर्ने नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित भईसकेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....