Nepal Life Insurance

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एकसाथ ७ वटा शाखाहरुको विस्तार

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार १२:३०

Binita Siwakoti

कात्तिक १९,काठमाडौँ ।  रिलायन्स लाइफ इन्स्योरेन्सले एकसाथ ७ वटा शाखाहरुको विस्तार गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर,  नेपालगञ्ज र  सुर्खेतमा आफ्नो शाखाहरु बिस्तार गरेको हो । धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश- ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त रुपमा गरे ।त्यसैगरी कम्पनीको नायव कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखा बिस्तार क्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको उपस्थिती थियो ।

शाखा बिस्तार क्रममा प्रमुख कार्यकारी अधिकृत पराजुली र नायव कार्यकारी अधिकृत कंडेलले जीवन बीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधि युक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले पछिल्लो समयमा आफ्नो सेवा विस्तार गरिरहेकोले त्यसमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा (बिपिन), दैलेख शाखाको जिल्ला समन्वय समितिका का.मु. प्रमुख बालकृष्ण केसी र प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर नगरपालिकाका उपमेयर श्रीमती केशरी कुमारी रावल बिष्ट, नेपालगञ्ज शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश न. ६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका थिए ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....