Nepal Life Insurance

रिलायन्स लाइफद्वारा पहिलो त्रैमासमा ९ करोड ६५ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहीबार १४:२४

Binita Siwakoti

कात्तिक २९, काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६५ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । गत असार मसान्त सम्ममा कम्पनीले ८ करोड ३७ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले एक करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत असार सम्ममा कम्पनीले ८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा ९ करोड ९१ लाख रुपैयाँ सञ्चित छ । यस्तै जीवन बीमा कोषमा ९ करोड ३३ लाख रुपैयाँ, महाविपत्ती जगेडा कोषमा ८९ लाख ६७ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीले पाँच हजार ११ बीमालेखबाट हाल सम्म १८ करोड ४२ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन आर्जन गरेको छ । गत असार सम्ममा एउटा दाबी वापत एक लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले यस अवधिका भने कुनै दाबी भुक्तानी गरेको छैन् ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब पुर्याउन कम्पनीले ६३ करोड रुपैयाँको बराबरको ६३ लाख कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....