Nepal Life Insurance

सामुदायिक लघुवित्त को प्राथमिक शेयरमा एक अर्ब ३४ करोड रुपैयाँको लागि आवदेन

प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार १२:१०

Binita Siwakoti

मंसिर ५, काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा दुर्इ लाख ७ हजार आवदेकबाट एक अर्ब ३४ करोड रुपैयाँको लागि आवदेन परेको छ । माग भन्दा झण्डै ४९ गुणा बढी आवेदन परेको हो।

संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा २७ हजार ३०० आवेदकले मात्रै १० कित्ता प्राप्त गर्न सक्ने हुँदा गोला प्रथाबाट लगानीकर्ताले १० कित्ता शेयर प्राप्त गर्न सक्ने छन्। संस्थाले जम्मा निष्कासनको ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १५ हजार कित्ता शेयर सामुहिक लगानीकोषकालागि सुरक्षित गरेको छ।

प्राथमिक शेयर निष्कासनसँगै संस्थाको चुक्ता पूँजी संस्थापक तर्फको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारण तर्फको ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ। आइपिओमा आवेदन दिनकालागि नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेण्ट बैंकिङ जनाएको छ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....