Nepal Life Insurance

निरन्तर सेयर बजार ओरालो लागेको भन्दै नेपाल पूँजी बजार लगानीकर्ता संघद्वारा आपत्ति

प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार १४:२०

Binita Siwakoti

 मंसिर  ५, काठमाडौं । निरन्तर सेयर बजार ओरालो लागेको भन्दै नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली शुरु भए पछि निरन्तर ओरालो लागेको भन्दै संघले आपत्ति जनाएको हो ।

अन्तर्राष्ट्रिय बजारको इतिहासमा अनलाइन प्रणाली शुरु भए पछि ६५ प्रतिशतसम्म सेयर बजार बढ्ने गरेको छ  । अनलाइन ट्रेडिङमा देखिएको समस्याले सेयर बजारमा नकरात्मक असर परेको संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

‘अनलाइन ट्रेडिङमा देखिएको समस्या तत्काल सुधार गर्न हामीले नेप्सेका सीईओलाई अनुरोध गरेका छौं’ अध्यक्ष पोखरेलले भनिन्, ‘२ दिनभित्र पनि केहि सुधार भएन भने हामी नेप्से घेर्न बाध्य हुनेछौं ।’  अनलाइन प्रणाली शुरु भएको १५ दिनसम्म पनि सुधार नभएको भन्दै उनले अनलाइन प्रणालीलाई असफल बनाउन यो सुधार नगरिएको हुन सक्ने आशंका गरिन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....