Nepal Life Insurance

माथिल्लो तामाकोशीको मंगलबार सेयर बाँडफाँट, ६ हजारको आवेदन रद्द

प्रकाशित मिति: ७ मंसिर २०७५, शुक्रबार १३:०९

Binita Siwakoti

मंसिर ७,काठमाडौँ । माथिल्लो तामाकोशीले आगामी साताको मंगलबार सेयर बाडफाँट गर्ने भएको छ । यसअघि निष्काशन भएको सेयरमा आवेदन दिएकाले पनि पुनः दोहोर्याए आवेदन दिएपछि तामाकोशीको सेयर ढिला गरी बाँडफाँट हुन लागेको हो ।

बिक्री प्रबन्धक नागरीक लगानी कोषका मर्चेन्ट बैंकिङ विभाग प्रमुख रोशन जंग कार्कीले  बिक्री प्रबन्धक र कम्पनीको बिहिबार बसेको बैंठकले आगामी साताको मंगलबार सेयर बाँडफाँट गर्ने निर्णयर गरेको बताए ।

हालसम्म जाँच बुझ गर्दा ६ हजार जतिको आवेदन रद्द भएको उनले बताए । अन्तिम रुजुका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पुर्याएको जानकारी पनि उनले दिए ।

कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियो ।  तेस्रो चरणमा निष्काशन गरिएको यस सेयरका लागि ३ लाख ४६ हजार १ सय ६६ जनाको ६ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....