Nepal Life Insurance

आक्रामक शाखा विस्तार गर्दै रिलायन्स लाईफ इन्स्योरेन्स

प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार १५:३१

Nabaraj Neupane

काठमाडौं, १९ पुस ।
स्थापनाको छोटो अवधीमा नै आम सेवाग्राहीको मन जितेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी आक्रामक शाखा विस्तारमा उत्रिएको छ । सो इन्स्योरेन्स कम्पनीले एकै एकैदिन आठ नयाँ शाखाहरुको उद्घाटन गरेर शाखा विस्तार अभियान अघि बढाएको हो ।
रिलायन्स लाईफ इन्स्योरेन्सका अनुसार कम्पनीले मंगलबार मात्रै वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा,घोराही, तुलसीपुर र बुटवल लगायतका आठ वटा शाखाहरुको उद्घाटन गरेको हो ।
प्रदेश २ को व्यापारिक केन्द्र वीरगंज शाखाको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष ताराचन्द केडियाले जोखिम न्यूनिकरणको लागि बीमा अनिवार्य भएको बताए । त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेल, पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पाल्पा शाखाको उद्घाटन गरेका छन् । त्यस्तै प्रदेश २ को नारायणगढ शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान गरेका छन् । त्यस्तै कम्पनीको हेटौंडास्थित शाखाको उद्घाटन मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले गरेका छन् ।


त्यस्तै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेल र घोराही उपमहानगरपालिका नगर उप(प्रमुख, सीता न्यौपानेले दाङको घोराही शाखाको उद्घाटन गरेका छन् । उता, तुलसी उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर शाखाको उद्घाटन गरेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....