Nepal Life Insurance

प्रभुको इन्स्योरेन्स कार्डबाटै उपचार

प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार ०७:५५

Nabaraj Neupane

काठमाडौ, पुस २० ।
बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । यसै क्रममा अब बीमाबाटै आम सर्वसधारणले सरल रुपमा उपचार सुविधा पाउने भएका छन् । प्रभु इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच नगद रहितसेवा सम्बन्धि सम्झौता भएको छ ।

प्रभु इन्स्यारेन्समा स्वास्थ्य बीमा गरेका बिरामीहरुले नगद बोकेर अस्पताल धाउनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् । सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.मा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसन्चित बज्राचार्यले तथा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिव राजभण्डारीले हस्ताक्षर गरेका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....