Nepal Life Insurance

एभरेष्ट इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

प्रकाशित मिति: २२ पुष २०७५, आईतवार १०:१२

Nabaraj Neupane

काठमाडौं, पुस २२ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले खुल्ला गरेको हकप्रद शेयर आज आइतबारबाट बन्द हुदैछ । कात्तिक २६ गतेसम्म शेयर बुकमा कायम रहेका शेयरधनीहरुका लागि निष्कासन गरेको १०५ प्रतिशत हकप्रद शेयर खरिदको मौकामा आजबाट समाप्त हुँदैछ । आजसम्म आवेदन नदिने शेयरधनीहरुको हिस्सा पछि एकमुष्ठ लिलाम बढाबढको माध्यमबाट बिक्री गरिनेछ ।

एभरेष्ट इन्स्यारेन्स कम्पनीले असोज १६ गतेदेखि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा संस्थापक शेयरधनी कायम हुने गरि हकप्रद शेयर निष्कासन गर्दै आवेदन दिन आह्वान गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर निष्कासन गरेसँगै चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ। हकप्रद निष्कासनसँगै संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारण तर्फ ४८.७८ प्रतिशत पुग्नेछ । बीमा सम्बन्धी नयाँ व्यवस्था अनुसार निर्जिवन बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब हुनुपर्ने व्यवस्थाका लागि हकप्रद शेयर जारी गरेको हो ।

कम्पनीले यस अगाडि ६०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको भए पनि धितोपत्र बोर्डले शेयर संरचनामा सर्वसाधारण र संस्थापक दुवै हुनुपर्ने भन्दै रोकेको थियो । हकप्रद आवेदनको लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....