Nepal Life Insurance

माछापुच्छ्रे बैंकको तलब खाताले दियो पाँच लाख राहत

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार १५:२६

Nabaraj Neupane

काठमाडौं, पुस २३ ।

माछापुच्छ्रे बैंकमा तलब व्यवस्थापन बचत खाता खोलेको एक सेवाग्राहीले मृत्युपश्चात उनका हकदारले पाँच लाख रुपैयाँ बीमा प्राप्त गरेका छन् । सो बैंकमा तलब व्यवस्थापन खाता खोलेका सुदिप कार्कीको दुर्घटनामा निधन पश्चात हकदारले सो रकम प्राप्त गरेको माछापुच्छ्रे बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंककी सिर्जना खड्काका अनुसार मृतक सुदिप कार्की एक निजि कम्पनीमा कार्यरत थिए । उनको कम्पनीले बैंकमा तलब खाता खोलेको थियो । मृतकका हकदारलाई पाँच लाख रुपैयाँ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बि के श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकहरुले तलब व्यवस्थापन बचत खातामा ६.५५ व्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमा खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....