काठमाडौं ।
कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार प्रत्येक वर्षको पुस मसान्तभित्रैमा गरिसक्नुपर्ने सधारणसभा गर्न नेपालका सबै बीमा कम्पनीहरु चुकेका छन् । सो दफा अनुसार कारोबार सञ्चालन भएको एक वर्षभित्र पहिलो साधारण गर्ने र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था अनुसार पुस मसान्तभित्रैमा हरेक कम्पनीले सधारणसभा गरी सक्नुपर्नेमा निर्धारित समयमा सधारणसभा हुन नसकेको हो ।
नेप्सेमा सुचिकृत पुराना २७ कम्पनीले निर्धारित समयमा सधारणसभा गर्न सकेका छैनन् । त्यस्तै नयाँ कम्पनीमा कतिपयको पहिलो वर्ष भएकाले सधारण गर्ने समय बाँकी छ भने केही नयाँभित्रको पुराना कम्पनी समेत सधारणसभा गर्न चुकेका छन् । नेपालमा हालसम्म १८ वटा जीवन बीमा र २० वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन् ।
सधारणसभा नहुँदैमा कुनै कारवाही भोग्नुपर्ने नभए पनि कानुन अनुसार सधारणसभा गराउन कम्पनी रजिष्टारको कार्यालयले समेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको देखिएको छ । बहुमत शेयर सदस्यको उपस्थितिमा हुने सधारणसभाले कम्पनीको आगामी वर्षको कार्ययोजना पारित गर्नुको साथै कम्पनीको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेदन जस्ता विषयमा छलफल गरि निर्णय गर्ने गर्दै लाभांश वितरण समेत पास गर्नुपर्नेहुन्छ ।