Nepal Life Insurance

एसियन लाइफमा जीवन बीमा गर्दा दम्पत्तीकै सुरक्षा

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार १९:०१

Nabaraj Neupane

काठमाडौं ।
नयाँ बीमा कम्पनीहरु थपिएपछि आम सर्वसधारणलाई सुविधा दिएर आफूतर्फ आकर्षित गर्ने क्रम बढेको छ । यसै क्रममा एसियन लाईफ इन्स्योरेन्स कम्पनीले एक जनाको जीवन बीमा गर्दा दम्पत्ती सुरक्षाको बीमा दायित्व बहन गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत विवाहितले जीवन बीमा गर्दा अधिक लाभ प्राप्त गर्नेछन् ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ‘दम्पती सुरक्षा प्लस’ जीवन बीमा योजना सोमबार सार्वजनिक गरेको छ । यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैजनाको जोखिम बहन हुने कम्पनीले जनाएको छ । यस योजना अनुसार ५० हजार रुपैंयादेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले जति धेरै रकमको बीमा ग¥यो त्यति नै बीमाङ्कको बीमाशुल्क रकममा छुट सुविधा दिने जनाएको छ । यस योजनामा दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग÷अशक्त सुविधा एवं बीमा शुल्क छुट सुविधा पनि समाबेश गरिएको छ । यस योजना अन्तर्गत बिमा गर्नेहरुले मासिक,त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्नेछन ।

त्यसै गरी बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाउँनेछन । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाउने कम्पनीले जनाएको छ । बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम कम्पनीले भुक्तानी गर्ने सो कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....