Nepal Life Insurance

काठमाडौं उपत्यकाका तीन नयाँ शाखामा सानिमा लाईफको कारोबार सुरु

प्रकाशित मिति: २५ पुष २०७५, बुधबार १२:३१

Nabaraj Neupane

काठमाडौं ।
सानिमा लाईफ इन्स्योरेन्सले संघीय राजधानी काठमाडौं उपत्यकाका तीन वटा शाखामा मंगलबारदेखि कारोबार सुरु भएको छ ।
ललितपुरको ग्वार्खो, काठमाडौंको कीर्तिपुर र गोंगबु शाखामा सानिमा लाईफले कारोबार सुरु गरेका हुन् ।

कम्पनीका अनुसार सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको ग्वार्काेमा इन्स्योरेन्सका संचालक घनश्याम थापाले उद्घाटन गरेका छन् । त्यस्तै, काठमाडौं महानगरपालिका गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स सञ्चालक भरतबहादुर थापाले गरे ।

उता, कीर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा गरेका छन् । शाखा कार्यालय उद्घाटनको अवसरमा कम्पनीका सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महाप्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

सानिमा लाईफको बाल, धनपति, म्यादी र दीर्घायु जीवन बीमा योजनाहरु सञ्चालित छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....