Nepal Life Insurance

‘एक जनाको बीमा, दम्पत्तिकै जोखिम बहन’

प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १६:२५

Nabaraj Neupane

एसियन लाईफ इन्स्योरेन्स कम्पनीमा १० लाखको बीमा गर्दा ५० लाखबढि भुक्तानी

काठमाडौं ।
एसियन लाईफ इन्स्योरेन्स कम्पनीले गत मंगलबार एसियन लाईफ इस्न्योरेन्स कम्पनीले नयाँ अबधारणासहितको जीवन बीमा योजना सार्वजनिक गर्यो । जसमा विवाहित श्रीमान श्रीमतीमध्ये कुनै एक जनाको जीवन बीमा गर्दा दुवै जनाको जोखिम बहन गर्ने उल्लेख छ । नेपालको सन्दर्भमा उक्त योजना पहिलो पटक सार्वजनिक भएको हो ।

एसिएन लाईफ इन्स्योरेन्सकी मार्केटिङ विभागकी स्मृति खरेलका अनुसार यस बीमा योजना अनुसार चार गुणा बीमाङ्क रकम र थप बोनस लाभ प्राप्त गर्न सक्ने हालसम्मकै सर्वाधिक प्रतिफल दिने बीमा योजना हो । यस योजना अनुसार बिमित मध्ये कुनै एक जनाको निधन भएमा बीमा शुल्क स्वतः मिनाहा हुनेछ भने एउटै शुल्कबाट दुई पटक बीमा रकम भुक्तानी पाउनेछन् । खरेलका अनुसार १० लाखको बीमा गरेको दम्पत्ति एउटै घटनामा मृत्यु भएको अवस्थामा ४० लाख रुपैयाँ बीमाङ्क रकम थप बोनस रकम प्राप्त हुनेछ । सबै गर्दा करिब ५० लाख भन्दा बढि हुन्छ ।

यस बीमा योजना अन्तर्गत एउटै बीमा लेखबाट श्रीमान श्रीमती दुवै जनालाई बीमा सुरक्षा प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १८ वर्ष उमेर पुगेका विवाहित दम्पत्ति यस योजना अनुसार बीमा सुविधा प्राप्त गर्नेछन् । ६५ वर्षसम्मका दम्पत्तिलाई बीमा गर्ने सुविधा दिइएको यस योजना अन्तर्गत न्यूनतम पाँचवर्षको बीमा गर्न सकिन्छ ।

अधिकतम ३० वर्षसम्मको बीमा गर्ने सकिने यस योजना अन्तर्गत न्यूनतम ५० हजार देखि माथि आर्थिक अवस्था अनुसार जीवन बीमा गर्न सकिने व्यवस्था रहेको छ ।
कम्पनीका अनुसार श्रीमान श्रीमती मध्ये जसको बढि उमेर छ, उसैको उमेरलाई आधार मानेर बीमा गरिनेछ भने यस बीमा योजनामा प्रतिहजार दुई रुपैयाँसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।


यस योजना अनुसार बिमित श्रीमान श्रीमती मध्ये कुनै एक जनाको जुनसुकै कारणबाट मृत्यु भएमा बीमा गरिएको रकम बाँकी किस्ता नतिरी उपलब्ध गराउने कम्पनीले जनाएका छ । जस अनुसार बीमा गरिएको पाँच वर्षभित्रैमा दम्पत्ति मध्ये कुनै एक जनाको मृत्यु भएमा बिमाङ्क शत प्रतिशत र आर्जित बोनस, बीमा गरेको पाँच वर्षदेखि माथि १० वर्षसम्ममा मृत्यु भएमा बीमाङ्कको १५० प्रतिशत रकम र आर्जित बोनस, बीमा गरिएको १० वर्षदेखि माथि १५ वर्षसम्म दम्पत्ति मध्ये कुनै एकको मृत्यु भएमा बीमाङ्क रकमको दुई सय प्रतिशत र आर्जित बोनस दिइने कम्पनीले जनाएको छ ।

त्यस्तै, बीमा अबधीभित्र अर्का दम्पत्तिको पनि मृत्यु भएमा निजका हकदारले पाँचवर्षभित्रको बिमाङ्कको १०० प्रतिशत, १० वर्षभित्रको १५० प्रतिशत र १५ वर्षभित्रमा २०० प्रतिशत र २० वर्षभित्रमा दोस्रो बिमितको मृत्यु भएमा २५० प्रतिशत बीमा रकम उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

बीमा अवधी पूरा भएपछि पूरै बीमा रकम र आर्जित बोनस रकम उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

खरेलले दिएको जानकारी अनुसार दम्पत्ति सुरक्षा जीवन बीमा योजना सार्वजनिक भएको तीन दिनमै सर्वाधिक चासो व्यक्त गरिएको जानकारी दिइन् । एक जनाको बीमा गर्दा दम्पत्तिकै जोखिम बहन र बीमा दुवै हुने हुँदा हालसम्मकै सर्वाधिक प्रभावकारी योजना हुनसक्ने बताईन् । बीमान्यूजसँगको कुराकानीको क्रममा उनले भनिन्, ‘अस्ति नयाँ योजना सार्वजनिक हुने वित्तिकै हामी स्टाफहरुलाई समेत धेरै ठाउँ र चिनेजानेकाहरुले सोधखोज गरिरहेका छन्, हामी फारम संकलन गर्दैछौं ।’

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....