Nepal Life Insurance

एभरेष्ट बैंकमा खाता खोल्दा पाँच लाखको बीमा सुविधा

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार १८:२१

Nabaraj Neupane

काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि इजाजत प्राप्त एभरेष्ट बैंकमा बचत खाता खोल्दा अब पाँच लाख रुपैयाँको बीमा सुविधा समेत पाइने भएको छ । बैंक तथा वित्तिय संस्थाहरु प्रतिस्पर्धी बन्दै जाँदा आम सर्वसधारणले सुविधा पाउने क्रम बढ्दो छ ।
एभरेष्ट बैंकले दुई फरक फरक बचत खातामा यस्तो सुविधा पाउने योजना सार्वजनिक गरेको हो ।

बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो । उक्त सेवाको लागि बैंकले द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरी एमओयूमा हस्ताक्षर गरेको छ ।

लाजिम्पाटको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा पाँच लाख रुपैयाँ बराबरको बीमा र अन्य सुविधा सहितको दुईवटा बचत खाता योजना सार्वजनिक गरेको हो । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाखको बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै, कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ ।

एभरेष्ट बैंकले आँफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् ।

एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बाह्य सन्जाल मार्फत बैंकिङ् सेवाहरु दिँदै आएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....