Nepal Life Insurance

नक्कली बीमालेखको जगजगी, बैदेशिक रोजगारीमा गएका अधिकांश नक्कली बीमालेखको मारमा

प्रकाशित मिति: २९ पुष २०७५, आईतवार १७:०१

Nabaraj Neupane

काठमाडौं ।
मानिसहरुले स्वास्थ्य, जीवन तथा प्राकृतिक विपत्ति आउँदा सुरक्षाको जोखिम न्यूनिकरणको लागि गर्ने बीमा नै नक्कली भएपछि अवस्था के होला ? यतिबेला नेपालको नियामक निकायले प्रभावकारी रुपमा उपस्थिति दर्शाउन नसक्दा नक्कली बीमालेखको जगजगी हुन पुगेको छ ।

केही अघि प्राईम लाईफ इन्स्योरेन्सका बीमा अभिकर्तासहितका व्यक्तिहरु सयौं नक्कली बीमालेख जारी गरेको अभियोगमा जेल चलान भए । वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका ६ मध्ये तीनजना प्राईम लाईफमा बीमा अभिकर्ताको काम गर्ने व्यक्तिहरु पुर्पक्षका लागि कारागार चलान भएका हुन् भने बाँकीलाई धरौटी मागिएको छ ।

प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । उनीहरुमध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । प्रकाश रेग्मी १७ को नक्कली बीमालेख जारी गरेको मुद्दामा गएको वैशाखमा रु एक लाख धरौटी तिरेर तारेकमा छुटेका व्यक्ति हुन् । त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला पुनः नक्कली बीमालेख बनाई ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको हो । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा मङ्सिरमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–९ मिलनटोलबाट पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । नक्कली बीमालेख जारी गर्नेहरुको मनोबल हेर्दा यस्ता थुप्रै बीमालेखहरु नक्कली जारी भएको हुनसक्न प्रहरीको भनाई छ ।

बैदेशीक रोजगारीमा गएका व्यक्तिको बीमा गर्दा भएको यो ठूलो काण्ड थियो । तर, अझै नेपाली बजारमा यातायात, दुर्घटना तथा स्वास्थ्य बीमा नक्कली बीमा ठूलो मात्रामा जारी भएको हुनसक्ने प्रहरीको अनुमान छ । बीमा अभिकर्ताहरुले बीमालेख जारी गरेपछि कम्पनीमा बुझाउनुपर्ने दायित्व आफ्नै हातमा हुने तथा कम्पनीबाट बुझेका खाली फारमहरुको चुस्तदुरुस्त तथ्याङ्क नहुँदा समस्या आएको जानकारहरु बताउँछन् ।

अन्य म्यानपावर तथा व्यक्तिगत रुपमा समेत बीमा कम्पनीका कतिपय बीमालेख नक्कली हुनसक्ने भएकाले सम्बन्धित कम्पनीमा गई रुजु गर्न तथा नक्कली भएमा उजूरी गर्नसमेत नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका प्रहरी उपरिक्षक उमा प्रसाद चर्तुवेदीले बताए । चतुर्वेदीका अनुसार हाल अनलाईन सिष्टममा भएको बीमालेखहरुमा समस्या नभएपनि अनलाईनभन्दा बाहिरका बीमालेखहरु नक्कली हुनसक्ने बताए । उनका अनुसार बीमा गरिसकेपछि एक पटक कम्पनीको सिष्टममा चेक गरेर निश्चिन्त हुनु सबैको लागि राम्रो भएको बताए । सिआईबी प्रबक्ता चतुर्वेदीले नेपालमा भन्दा बैदेशिक रोजगारीमा जानेहरु धेरै नक्कली बीमाबाट ठगिएको बताए ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....