Nepal Life Insurance

नार्कका कर्मचारी बीमालगायतको सुविधाबाट बञ्चित

प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १६:४६

Nabaraj Neupane

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कर्मचारीहरुले ऐन अनुसारको बीमा सुविधा पाउन सकेका छैनन् । बीमा लगायतका आधारभूत सुविधा दिन नसक्दा नार्कमा कर्मचारी अभाव हुन पुगेको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बनेको देखिएको छ ।

विसं २०४८ मा सरकारले कृषि ऐन पारित गर्दा एक हजार ८२३ जनाको दरबन्दी स्वीकृत रहेकोमा हाल सेवा सुविधाको कमीका कारण सो संख्यामा कर्मचारी छैनन् । नार्कका विभिन्न कार्यक्षेत्र बढ्दै जाँदा सरकारले दरबन्दी बढाउन आवश्यक रहँदा पनि बढाउन नसकेका कारण काम प्रभावित बन्दै गएको नार्क खुमलटारका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार अन्य निकायमा भन्दा सेवा सुविधा न्यून भएका कारण कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्न सकेका छैनन् ।

पुराना कर्मचारी उमेर हद पुगेर यहाँबाट अवकाश लिएर जाने क्रम बढ्दो छ । विगतमा ५३ कार्यक्षत्र रहेको नार्कमा हाल ६५ कार्यक्षेत्र पुग्दा पनि कर्मचारी थपको अवस्था नदेखिएको बताइन्छ । “पाँच विकास क्षेत्रमा नार्कका पाँच वटा क्षेत्रीय अनुसन्धान केन्द्र छन् । यहाँभित्र सेवारत वैज्ञानिकको पदलाई ‘एस–वान’ देखि ‘एस–एट’ सम्म नामकरण गरी ४१३ को दरबन्दी स्वीकृत गरिएकामा हाल २५३ कर्मचारी कार्यरत छन् १६० जनाको पदरिक्त छ”, उप्रेतीले भने, “नार्कका वैज्ञानिकलाई विभिन्न क्षेत्रमा सहयोग गर्न ३८७ प्राविधिक अधिकृतको दरबन्दी स्वीकृत गरिएकामा हाल ३६१ कर्मचारी कार्यरत छन् र ११७ को पद रिक्त छ ।” यसको मुख्य कारण बीमा, निवृत्ती भरण तथा छात्रवृत्ति पनि एउटा महत्वपूर्ण कारण हो ।

नार्कमा काम सिकेर राम्रो सेवासुविधा भएको स्थानमा जाने क्रम बढ्दै जाँदा भविष्यमा नार्कमा अनुसन्धान गर्ने वैज्ञानिकको अभाव हुने गुनासो आउन थालेको छ । सरकारी सेवा भएर पनि नार्कमा कार्यरत कर्मचारीमाथि राज्यले ठूलो विभेद गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....