Nepal Life Insurance

महिलाको सम्बन्ध बिच्छेद खर्च र डाक्टरको जरिवना सिद्धार्थ इन्स्योरेन्सले व्यहोर्ने

प्रकाशित मिति: ३ माघ २०७५, बिहीबार १९:३१

Nabaraj Neupane

काठमाडौँ ।

बीमा क्षेत्रमा प्रतिस्पर्धी बन्दै जाँदा आम सर्वसधारणले पाउने सेवा तथा सुविधामा समेत बिस्तार हुँदै गएको छ । खुलुकको कानुनको कारण महिलाहरुले सम्बन्ध बिच्छेदको समस्या भोग्दै आएको यथार्थलाई अब बीमा क्षेत्रले समेत स्वीकार गर्दै महिलाको स्वास्थ्यलगायतको बीमाको प्याकेजमा सम्बन्धी बिच्छेद खर्चलाई समेत समावेश गरेर जोखिम बहन गर्ने एक बीमा कम्पनीले घोषणा गरेको छ ।

नेपालको बीमा क्षेत्रमा सधैं नयाँ प्रयोग गर्दै आएको १२ वर्ष पुरानो सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा बीमा गर्ने महिलाले अब कुनै कारणबश सम्बन्ध बिच्छेद गर्ने अवस्था आएको खण्डमा त्यस्तो महिलाले व्यहोर्नुपर्ने कानुनी तथा अन्य खर्च जोखिम सरह मानेर बहन गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ इन्स्योरेन्सका सिईओ बीरेन्द्र बैदवार क्षेत्रीले बताए । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले डाक्टरहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्दै बीमा गर्ने भएको छ । चिकित्सकको लापरवाहीको कारण कुनै बिरामीको मृत्यु भएमा वा कुनै पनि चिकित्सकले चिकित्सकीय पेशागत धर्म निर्वाहको क्रममा त्रुटी हुन गई कानुनी रुपमा कुनै क्षति व्यवहोर्नु परेको अवस्थामा त्यस्तो जोखिम समेत सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बहन गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आजबाट तीन नयाँ बीमा योजना सार्वजनिक गरेको छ । जसमा सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा, सिद्धार्थ पारिवारिक दुर्घटना बीमा र डाक्टरहरुको पेशागत सुरक्षा बीमा योजना रहेका छन् ।

राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई र सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा सो बीमा योजनाको आज सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा सिद्धार्थ आदर्श नारी दुर्घटनाबीमा योजना अन्तर्गत बीमा गर्दा दम्पत्तिकै दुर्घटनाको जोखिम बहन गरिएको नयाँ बीमा योजना भएको जानकारी दिइयो । त्यसैगरी सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमति तथा १८ वर्षसम्मका २ सन्तान एकै बीमालेखमा समावेश गरिएको छ । अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसैबीच, सिद्धार्थ इन्स्योरेन्सले आफ्नो सद्भावना दूतको रुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको छ । सुब्बाले सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग मिलेर काम गर्न पाएको खुशी र गर्व लागेको कार्यक्रममा बताईन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....