Nepal Life Insurance

सुमेरु सिटि हस्पिटलमा अजोड इन्स्योरेन्सको नगदरहित सेवा

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार ०८:३४

Nabaraj Neupane

काठमाडौं ।
राजधानीको ललितपुरमा रहेको सुमेरु सिटी अस्पतालमा अजोड इन्स्योरेन्स लिमिटेडबाट स्वास्थ्य सेवाको बीमा सुविधा प्राप्त गरेकाहरुको नगदरहित सुविधामा उपचार हुने भएको छ । अजोड इन्स्योरेन्स र सुमेरु सिटि हस्पिटल पुल्चोक बीच नगद रहित (क्यासलेस) उपचार सेवा सम्बन्धि सम्झौता भएको हो ।

बिहिवार सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सुमेरु सिटि हस्पिटलको तर्फ बाट प्रबन्धक अनिता अवालेले हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै यस्तो सेवा प्रारम्भ भएको छ । सम्झौता अनुसार अजोड इन्स्योरेन्स बाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा सुमेरु सिटि हस्पिटल बाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने भएका छन् ।

यद्यपि भर्ना हुनु परेको अवस्थामा बाहेकको अवस्थामा भने त्यस्तो सुविधाको उपचार पाउने छैनन् । सम्झौतामा भर्ना भएका बिरामीको मात्रै उपचार खर्च व्यवहोर्ने शर्त उल्लेख गरिएको अस्पतालले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....