Nepal Life Insurance

कृषि बीमा प्रभावकारी बनाउन जोड

प्रकाशित मिति: ६ माघ २०७५, आईतवार १०:३८

Nabaraj Neupane

काठमाडौं ।
कृषि प्रधान देश नेपालको मुख्य आम्दानी नै कृषि हुनुपर्दछ । तर, त्यसो भइरहेको छैन । कृषीमा सरकारले दिएको अनुदान र बीमा समेत प्रभावकारी बन्न सकेको छैन । शुक्रबार राजधानीमा आयोजित कृषी उद्यम सम्बन्धी एक पुस्तक बिमोचनको निकर्ष हो हो । पत्रकार बाबुराम ढकालद्वारा लिखित ‘कृषि उद्यम’ पुस्तकको शुक्रबार विमोचनको क्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपस्थित कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

ढकालद्वारा लिखित पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सो पुस्तकको विमोचन गरेका छन् ।

सो क्रममा नेता खनालले नेपाली नागरिकले कृषि व्यवसायमा जोड दिँदा मुलुक समृद्ध हुने बताए । “नेपालको ३० प्रतिशत कूल गार्हस्थ्य उत्पादन कृषिले धानेको छ”, खनालले, “नेपालीलाई आत्मनिर्भर बनाउने मूल कडी नै कृषि व्यवसाय हो ।”

पुस्तकका लेखक ढकालले सरकारले दिने सुविधा किसानले पाउन धेरै सकस रहेको उल्लेख गर । उनले भने, “सरकारले कृषि क्षेत्रमा गरेको व्यवस्था र किसानले कृषि क्षेत्रमा लाग्दा भोग्नुपरेको विभिन्न समस्या हटाउन आवश्यक देखेँ”, ढकालले भने, “नेपालीलाई आत्मनिर्भर बनाउने मूल कडी नै कृषि व्यवसाय हो, यसमा सरकारको ध्यान जानुपर्छ ।” लेखक ढकालले सरकारले अघि सारेको कृषि बीमा कार्यक्रममा किसानको तहसम्म जनचेतना नै नपुगेर कार्यान्वयनमा समस्या आएको औल्याए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी सङ्घका सदस्य मोहन कटवालले सरकारी नीति गतिलो नभएका कारण ८० प्रतिशतभन्दा बढी कृषिउपज अन्य मुलुकबाट नेपाल भित्र्याउन बाध्य हुनु परेको बताए । नेपाल उद्योग परिषद्का उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले कृषि मन्त्रालय र नार्कले आफ्नो काम सुदृढ नगरेका कारण नेपाल कृषि व्यवसायमा पछि परेको बताए । राष्ट्रिय किसान आयोगका सदस्य मीना तामाङ कृषि पेशामा रहेका विकृति विसङ्गतिलाई नहटाउँदासम्म नेपाल पछि परिरहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....