काठमाडौं ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले तीन वटा बीमा कम्पनीको निरक्षण गरेको छ । बीमा समितिको अधिकारीहरुको टोलीले गत बिहिवार तीन वटा बीमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीमा निरिक्षण गरेको हो ।
निरिक्षणपछिको प्रतिवेदन भने तयार पार्न बाँकी छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईका अनुसार नियमित अडिटको क्रममा निरिक्षण गरिएको हो । निरिक्षणको क्रममा जोखिम मूल्याङ्कनको प्रभावकारिता, उजुरीको व्यवस्थापनलगायतका विषयमा सुक्ष्म मूल्याङ्कन गरिने छ ।
बीमा समितिकी प्रबक्ता पुजन ढुंगेलका अनुसार प्रतिवेदन तयार हुन केही समय लाग्नेछ । निरिक्षणको क्रममा कुनै कैफियत भेटिएको अवस्थामा नियमन शाखा तथा बोर्ड बैठकले सुधार कदम चाल्न सक्ने प्रबक्ता ढुंगेलले बीमा न्यूजलाई जानकारी दिईन् ।