Nepal Life Insurance

नुवकोटमा रिलायबल लाईफ इन्स्योरेन्सको नयाँ शाखा उद्घाटन

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार ०८:५५

Nabaraj Neupane

नुवाकोट ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शनिबारदेखि औपचारिकरुपमा नुवाकोटमा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । केही महिनाअघिदेखि जिल्लाका बीमाको काम थालेको रिलायबल लाइफ इन्स्योरेन्सको नयाँ शाखा बीमा संस्थानका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरेका हुन् ।

रिलायबलको नयाँ शाखा उद्घाटनको क्रममा अध्यक्ष चापागाईले नेपालमा जीवन बीमा र गैरजीवन बीमा दुवैखाले बीमाको राम्रो सम्भावना रहेको बताउदै बीमाका बारेमा आम सर्वसधारण माँझ चेतना फैलाउनुपर्ने बताए । अध्यक्ष चापागार्इंले किसानलाई बीमाको पहँुचसम्म ल्याउनका लागि स्थानीय तहले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीलगायतले बीमाको महत्वबारे आ–आफ्नो धारणा राखेका थिए । रिलायबल लाइफले जिल्लामा ५०० को बीमा गरी दुई करोड बीमा रकम सङ्कलन गरेको जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....