Nepal Life Insurance

हिउँदे पानीले कृषिबाली, ट्रान्जिटको मालबस्तु, घर तथा अन्य सम्पत्ति जोखिममा

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार १२:५६

Nabaraj Neupane

काठमाडौं ।
मंगलबार रातिदेखि एकाएक बदली भएको मौषम तत्काल सुधार आउने सम्भावना छैन । मौषम पूर्वानुमान गर्ने अन्तर्राष्ट्रिय संस्था एक्युवेदरका अनुसार अबको केही दिन नेपाल र भारतका मध्ये भागमा आँधी, हुरी, बताससहितको पानी पर्ने भविष्यवाणी गरेको छ ।
प्राकृतिक रुपमा मौषममा आएको परिवर्तनले निर्जिवन बीमा क्षेत्रमा भने जोखिम बढाएको छ ।

सानिमा जनरल इन्स्योरेन्सका डिजिएम प्रविण कोइरालाका अनुसार मौषममा आएको परिवर्तनले घर, सम्पत्ति, कृषि, पशु, मालबस्तुलगायतको क्षेत्रमा जोखिम बढाएको छ । बीमा न्यूजसँग कुराकानीको क्रममा कोइरालाले भने, ‘मुख्य रुपमा ट्रान्जिटमा रहेको मालबस्तुहरु पानीले भिजेर बिग्रने, कामै नलाग्ने हुनसक्ने खालको जोखिम रहेको छ । अहिलेसम्म त्यस्तै कुनै दावी आएको छैन ।’

त्यस्तै अर्को निर्जिवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीका चिफ म्यानेजर तथा अण्डरराईटिङ विभागका शिव शंकर शाहले पानी र असिनाले जोखिम बढाउने बताउँछन् । उनले भने, ‘जोखिम त हामी बीमा कम्पनीले वहन गर्छौ नै तर बीमा गरेको छ या छैन भन्ने मुख्य कुरा हो । जोखिममा परिसकेपछि भन्दा पहिला नै बीमाले गर्ने कभरेज गर्नेबारेमा बुझेर बीमा गराएको खण्डमा यस्तो पानी परेको अवस्थामा पनि ढुक्क भएर घर बस्न पाउनुहुन्छ ।’

शाहले अहिले परिरहेको पानीका कारण सम्पत्ति, कृषि वाली, ढुवानीको क्रममा रहेका मालबस्तुहरु, सवारी साधनहरु पल्टेर हुने जोखिम बढ्ने बताउँछन् । शाहका अनुसार यो प्रतिक्रिया लिने समयसम्म कुनै पनि दावी पर्न आएको छैन ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका मार्केटिङ विभागका कर्मचारी केशव तिमिल्सिनाले पानी पर्दा सवारी दुर्घटनालगायतका घटनाहरुमा बृद्धि भई बीमा क्षेत्रमा जोखिम बढ्ने बताउँछन् । निर्जिवन बीमा क्षेत्र अन्तर्गत कृषि, पशु, दुर्घटनालगायतका घटनामा बृद्धि भई जोखिम बढेको तिमल्सिनाको भनाई छ ।

जल तथा मौषमा विज्ञान विभागले शनिबारसम्म पानी पर्न सक्ने चेतावनी दिएको छ । हावा, हुरीसहितको पानी पर्ने पूर्वानुमान गरिएकाले ढुवानीको क्रममा रहेको मालबस्तुहरु समेत पानीले भिजेर बिग्रन सक्ने जोखिम बढेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....