Nepal Life Insurance

अजोड इन्स्योरेन्स धनगढीमा हुने क्रिकेटको अफिसियल बीमा कम्पनी

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार ११:४४

Nabaraj Neupane

काठमाडौं ।
नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेट खेलप्रति कर्पोरेट संस्थाहरुको आकर्षण बढ्दै गएको छ । धनगढी क्रिकेट एकेडेमीले अजोड इन्स्योरेन्स लि.सँग अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य गर्न सम्झौता गरेको छ ।

खेल अवधीभर आयोजना गरिने कार्यक्रमको बीमा गर्ने सम्बन्धी सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारवहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका छन् ।

यही माघ २६ गते देखी फागुन ११ गतेसम्म संचालन हुने क्रिकेट खेलमा संलग्न खेलाडी, अफिसियल व्यवस्थापक र दर्शकहरुको बीमा अजोड इन्स्योरेन्स कम्पनीले गर्नेछ । त्यस्तै दर्शकदीर्घामा प्रत्येक खेलमा क्याच समात्ने पहिलो दर्शकलाई दश हजार इनाम प्रयोजन गरिएको छ । सो बापतको खर्च बिमा कम्पनीले व्यहोर्ने जनाइएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....