Nepal Life Insurance

महालक्ष्मी लाईफ इन्स्योरेन्स माघ २७ देखि सञ्चालनमा आउने, बीरगन्ज, पोखरा र काठमाडौंमा पनि शाखा एकैसाथ खुल्दै

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार १२:३१

Nabaraj Neupane

काठमाडौं ।
सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा यही माघ २७ गतेबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालन आउने भएको छ । महालक्ष्मी इन्स्योरेन्स कम्पनीका डेपुटी एक्जिकेटिभ अफिसर रामेश्वर श्रेष्ठका अनुसार माघ २७ गते औपचारिक रुपमा उद्घाटन गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ । श्रेष्ठका अनुसार राजधानी बाहिरसमेतको शाखा कार्यालय एकै पटक उद्घाटन गर्ने तयारीको काम भइरहेको छ । काठमाडौं, बीरगन्ज, पोखरा तथा बुटवल शाखा माघ २७ गते नै उद्घाटनको तयारी गरिएको छ ।

अहिले महालक्ष्मी इन्स्योरेन्सको कुन कुन शाखाहरु सोही दिन उद्घाटन गर्ने तथा एजेन्सीहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने काम भइरहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय बीमा समितिलगायतका आवश्यक स्वीकृति पाइसकेको छ । कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ । हाल संस्थापक शेयरधनीको एक अर्ब ४० करोड र दुई आर्थिक बर्ष पुरा गरेपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने योजना रहेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भइसकेका छन् । कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरीमा रहने छ । कम्पनीले आगामी चैतसम्म १३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारीसमेत गरिसकेको छ । आगामी असारसम्म अर्को १२ वटा शाखा थपेर २५ वटा पुर्याउने तयारी भइरहेको भट्टराईले जानकारी दिए।

कम्पनीको सञ्चालक समितिमा मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा र मोहनराज जोशी छन् । कम्पनीको मूख्य शेयरधनीमा पाँच वटा बैंकहरु मेगा बैंक, ज्योति विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....