Nepal Life Insurance

बुटवलमा दुई दिने बीमा, बैंकिङ एक्पो सम्पन्न

प्रकाशित मिति: १३ माघ २०७५, आईतवार १३:१२

Nabaraj Neupane

बुटवल ।
प्रदेश नं ५ को राजधानी बुटवलमा आयोजना गरिएको बीमा बैंकिङ तथा पूँजीबजार सम्बन्धी प्रदर्शनी शनिबार सम्पन्न भएकोे छ । माघ ११ गते सुरु भएको प्रदर्शनी शनिबार समापन भएको हो । प्रदर्शनीमा स्थानीयबासीको उत्साहप्रद सहभागिता देखिएको छ ।

‘वित्तीय जागरणः राष्ट्रिय अभियान’ अन्तर्गत मिडिया इन्टरनेशनलले आयोजना गरेको बीमा, बैंकिङ तथा पुँजि बजार सम्बन्धी प्रदर्शनीमा हजारौं मानिसले अवलोकन गरेको आयोजक संस्था मिडिया इन्टरनेशनलका माधव निर्दोषले बताए । प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धि विविध जानकारी, बैंकिङ सेवा, बीमा सेवा, धितोपत्र व्यवसायीको स्टल राखिएको थियो । आम सर्वसधारणले सो प्रदर्शनीबाट बीमा, बैंकिङ कारोबार तथा शेयर खरिद बिक्री सम्बन्धमा आवश्यक जानकारी लिन मद्दत पुगेको छ ।


प्रदर्शनीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पुर्याउने बताए ।

अध्यक्ष चापागाईले बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्युनिकरण अनिवार्य रहेको उल्लेख गर्दै कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले पछिल्लो समय वित्तीय साक्षरता भएका मुलुक सबैभन्दा विकसित भएको उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि वित्तीय जागरण अनिवार्य रहेको बताए । प्रदर्शनीमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, विभिन्न बाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनीहरु, वित्त कम्पनी, मर्चेन्ट बैंक, लघुवित्त कम्पनीहरु, स्टक ब्रोकर कम्पनीहरु लगायतको सहभागिता रहेको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....