Nepal Life Insurance

ग्लोबल आइएमई बैंकसँग रिलायबल लाईफको सम्झौता

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार १२:२४

Nabaraj Neupane

काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय संस्थाको रुपमा अनुमति पाएको ग्लोबल आईएमई बैंकसँग रिलायबल लाईफ इन्स्योरेन्सले सेवा आदान प्रदान गर्ने सम्झौता गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड बीच बीमा सेवा बैंकमार्फत पनि गर्ने सम्बन्धि सम्झौता पत्रमा हालै हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तपÞर्mबाट का.मु.प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद ढकाल तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात् ग्राहकहरुले रिलायबल लाईफ इन्स्योरेन्सकोे सेवा सुविधाहरु ग्लोबल आईएमई बैंक मार्फत पाउने भएका छन् ।

नयाँ सम्झौतापछि बैंकका सबैै शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने सम्झौता भएको रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनील बताएका छन् । रिलायबल लाईफ इन्स्योरेन्सले हालसम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....