Nepal Life Insurance

सरकार बीमा सुविधा बढाउने तयारीमा छः उपप्रधानमन्त्री

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार १२:४२

Nabaraj Neupane

बुटवल ।
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार नागरिकका लागि बीमा लगायतका सुविधा प्रवाहलाई अझै बढाउने तयारीमा रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको अगुुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्यसमेत रहेको उपप्रधानमन्त्री पोखरेलले सामाजिक सुरक्षाबापतको भत्ता बृद्धिसँगै बीमाको सुविधा समेत बृद्धि गर्ने तयारी भइरहेको बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले भने राजनीतिक र संविधानमा परिवर्तनको घोषणा भए पनि सरकार अहिलेसम्म कानूनी र संरचनामा परिवर्तन गर्नेतर्फ केन्द्रित हुँदा सरकारको ध्यान अब जनताका अपेक्षा सम्बोधनमा केन्द्रित हुने स्पष्ट पार्दै सामाजिक सुरक्षा भत्ता र बीमा कार्यक्रमलाई सँगसँगै लैजाने बताए ।

सरकार जनताको सामाजिक सुरक्षाका विषयमा गम्भीर रहेकाले सामाजिक सुरक्षाबापत प्रदान गरिँदै आएको भत्तामा वृद्धिसँगै स्वास्थ्य बीमालगायत अन्य सामाजिक सुुरक्षाका क्षेत्रमा समेत सरकारले कार्यक्रम अगाडि बढाउने उपप्रम पोखरेलको भनाई थियो ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....