Nepal Life Insurance

‘अन्तर्राष्ट्रिय बीमा कम्पनीका एजेन्टको गलत धन्दा’

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार १३:५४

Nabaraj Neupane

काठमाडौं ।
हेलिकोप्टर सोसाईटीमा आबद्ध व्यवसायीहरुले अन्तर्राष्ट्रिय बीमा कम्पनीका एजेन्टले नेपालको हवाई उद्धारमा गलत धन्दा चलाएको आरोप लगाउँदै त्यसले सिंगो व्यवसायमा असर परेको औल्याएका छन् ।

नेपालका हेलिकोप्टर व्यवसायीहरुको छाता संगठन हेलिकोप्टर सोसाईटी नेपालको आयोजनामा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा अन्तर्राष्ट्रिय बीमा कम्पनीका विचौलियाका कारण नेपालको हेलिकोप्टर व्यवसायको छवि धमिलिएको सरोकारवालाले बताएका हुन् ।

केही समयअघिदेखि नेपालको हिमाली क्षेत्रमा विदेशी पर्यटक बिरामी पर्ने, तत्काल गरिने हवाई उद्धार र उपचारको नाममा ठूलो रकम बीमा दावी माग गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय बीमा सम्बन्धी कम्पनीहरुले चासो देखाएका थिए । सो क्रममा पर्यटन मन्त्रालयले छानविन समिति नै गठन गरेर पर्यटकको उद्धार र बीमा दावी सम्बन्धमा अध्ययन गरेको थियो । अध्ययन कार्यदलले हेलिकोप्टर कम्पनी, अस्पताल र बीमा एजेन्ट समेतको मिलेमतो देखिएको निष्कर्ष निकालेको थियो । बीमा दावी विवादास्पद बनेपछि सरकारले हवाई उद्धारमा प्रहरीको संलग्नता जोडेको छ ।

संगठनले कार्यक्रममा हेलिकोप्टर रेस्क्युको नाममा आपूmहरुलाई मुछ्न नहुने भन्दै पेशालाई मर्यादित बनाउन जोड दिए । साथै उनीहरुले नेपाल सरकारलाई कार्यविधि बनाइदिन अनुरोध समेत गरेको छ ।

सोसाइटीका महासचिव योगराज कँडेल शर्माले रेस्क्युमा परिचालन हुँदै आएको हेलिकोप्टर ट्रेकिङ कम्पनीको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिपछिमात्र रेस्क्युको लागि उडान गर्ने गरेको जानकारी दिँदै आफूहरुको पेशालाई बद्नाम गर्ने काम भइरहेको बताए । ‘हामीले ट्राभल कम्पनी, इन्स्योरेन्स एजेन्ट र पीडीतको आग्रहमा रेस्क्युको लागि हेलिकोप्टर तयार गर्ने गरेका छौं । हेलिकोप्टर उडान गर्नु अघि नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति पछिमात्र उडान गरिँदै आइएको छ । अनुमति पाइसकेपछि घटनास्थलमा पुगी घाइतेलाई भने बमोजिमको अस्पताल र होटलमा पु¥याउने हाम्रो दायित्व हो ।’

हाल मुलुकभित्र ९८ प्रतिशत फ्लाइट रेस्क्यु पर्वतारोहणमा गएका नेपाली र विदेशीका लागि गरिँदै आएको र बाँकी दुई प्रतिशत ग्रामीण भेगमा आकस्मिक सेवा दिँदै आएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा महासचिव कंडेलले गत वर्ष नेपाली र विदेशी गरि १४ सय २३ जनाको हेलिकोप्टर रेस्क्यु गरिएको बताए । हाल हेलिकोप्टर रेस्क्युमा न्यूनतम छ हजार डलरदेखि अधिकतम १० हजार डलर लागत लाग्ने गरेको सोसाइटीले जानकारी दिएको छ ।

कार्यक्रममा रेस्क्यु गर्दा लाग्ने समय, इन्धन, जनशक्ति, प्रविधी लगायतलाई आधार बनाएर शूल्क निर्धारण गरिएको सोसाइटीका अध्यक्ष रामेश्वर थापाले बताए । थापाले अन्तर्राष्ट्रिय बीमा कम्पनीको एजेन्टको कारण पनि समस्या भएको बताए । उनले भने, ‘हामी विचौलियारहित प्रत्यक्ष काम गर्न तयार छौं ।’

उनले आफूहरुले फेक रेस्क्यू नगरेको दावी गर्दै भने, ‘हामीले गर्दै आएको उद्धारमा यदिअन्तर्रा्ष्ट्रिय बीमा कम्पनीलाई कुनै शंका छ भने सिधै सम्पर्क गर्न सक्नुहुन्छ । कसैले बदमासी गरेको छ भने अनुसन्धानका लागि हेलिकोप्टर सोसाइटी नेपाल सहयोगका लागि तयार छ ।’
हाल मुलुकमा एघारवटा हेलिकोप्टर कम्पनीका तीसवटा भन्दा बढी हेलिकोप्टर काठमाडौं भित्र र बाहिर बेस राखी उडान भइरहेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....