Nepal Life Insurance

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा नयाँ सिईओ नियुक्त

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार १६:२८

Nabaraj Neupane

काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन इण्डियाको लगानीमा सञ्चालित लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हालै बसेको सञचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद दास गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले माघ १५ गतेदेखि लागू हुने गरी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको सो बीमा कम्पनीले जनाएको छ । जीवन बीमामा २६ वर्षको अनुभवी दासलाई प्रतिस्पर्धाी बीमा बजारमा कम्पनीलाई अझै आक्रामक बजार विस्तार गर्ने लक्ष्य साथ नियुक्त गरिएको एक सञ्चालकले बताए ।

उनी यसअघि एलआईसी अफ इन्डियामा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यरत थिए । साथै, उक्त समितिले इन्स्योरेन्सको संचालकको रुपमा हेमन्त भार्गवलाई नियुक्त गरेको छ । जीवन बीमामा ३७ वर्षको अनुभव संगालेका नवनियुक्त भार्गव एलआईसी अफ इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् ।

त्यस्तै, समितिले प्रमोटर सेयरधनी एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने बीमकको संचालक समितिका अध्यक्ष भि.के. शर्माले दिएका राजीनामालाई स्वीकृत गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....