Nepal Life Insurance

काभ्रेका किसानलाई अनुदान र बीमाका लागि झन्झट

प्रकाशित मिति: १७ माघ २०७५, बिहीबार ११:३८

Nabaraj Neupane

बनेपा ।
काभ्रेका स्थानीय निकायले आवश्यक समन्वय नगर्दा स्थानीय किसानले कृषिमा अनुदान र बीमा सुविधा लिन झन्झट भएको गुनासो गरेका छन् । काभ्रे नमोबुद्ध नगरपालिका पात्लेखेत, श्यामपाटी लगायतका क्षेत्रका किसानले अनुदान र कृषि बीमा सुविधा लिन झन्झट भएको गुनासो गरेका हुन् । स्थानीय किसानले अनुदान लिन फर्म दर्ता गर्नुपर्ने, त्यस्तो फर्म दर्ता गर्न नगरपालिका र वडा कार्यालय सहयोग गर्नुको साटो निरुत्साहित गरेको गुनासो गरेका छन् ।

स्थानीय तहमा कृषिका लागि अनुदान लिन फार्म दर्ता भएको हुनुपर्नेलगायतका झण्झट हुने गरेका ले तरकारी खेतीमा बीमाको सुविधा लिन नसकेको उनीहरू बताउँछन् । राज्यको अनुदान धनी किसानको लागि मात्रै भएको र आफूहरूजस्ता साना किसानको लागि कहिल्यै नपाउने अवस्था रहेको किसानको गुनासो छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसान दुःख गरेर उत्पादन गरेको काउली बजारमा उचित मूल्य नपाएपछि वस्तुभाउलाई खुवाउन बाध्य भएको गुनासो गरेका छन् । काउली बेच्ने समयमा बजारभाउ कम भएपछि आफूहरूले उत्पादन गरेको काउली बारीमा नै छोडेको र फूल फुलेर पहेँलपुर भएको किसानले बताए । “बेच्ने बेलामा प्रतिकिलो रु आठ थियो, गाडी भाडा यहाँबाट कालीमाटीसम्म लान प्रतिकिलो रु पाँच पर्ने र काटेर गाडीसम्म ‘लोड अनलोड’ गर्दा लाग्ने लागत जोड्दा प्रतिकिलो यहीँ रु १० सम्म पर्ने भएपछि बेच्नुभन्दा वस्तुभाउलाई नै खुवाउन थालेको छु”, किसान ईश्वरीप्रसाद पौडेलले भन्नुभयो ।

सात रोपनी जग्गामा लगाएको काउली गत वर्षको हिसाबले पनि चार लाख घाटा भएको उहाँको भनाइ छ । बीमा गर्न नसेकाको कारण समेत ठूलो क्षति व्यहोरेको उनको दुखेसो छ । बीमा गर्न प्रतिनिधि भेट्टाउन समस्या परेको, स्थानीय निकायले समेत समन्वय नगरीदिएको उनको गुनासो छ ।

अर्का किसान सनमान तामाङले काउली, चमसुर, गोलभेँडा र सिमीलगायतका विभिन्न तरकारी खेती गर्दै आएको तर, बजार मूल्य नपाउँदा समस्या परेको बताउँछन् । तामाङले किसानको अर्थोपार्जनको माध्यम तरकारी खेती र वस्तुभाउ भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा दुःख गरे जति उत्पादन गर्न नसकेको बताउनुभयो । यस वर्ष सो भेगमा करीब रु ६० लाखदेखि ७० लाखसम्मको काउली बजारमा बिक्री गर्न नपाएको किसानको भनाइ छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....