Nepal Life Insurance

एसियन लाईफद्वारा दुई मृत्यु बीमा दावी भुक्तानी

प्रकाशित मिति: १७ माघ २०७५, बिहीबार १८:०२

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा गरेको दुई व्यक्तिको मृत्यु पश्चात एसियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको विराटनगरस्थित शाखा कार्यालयले सो दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । एसियन लाईफ इन्स्योरेन्स कम्पनीको विराटनगर शाखाका प्रबन्धक सुजन भण्डारीले बीमा रकम हस्तान्तरण गरेका हुन् ।

बुधबार विराटनगरमा एक कार्यक्रमका बीच सुनसुरी गढी गाउँपालिका ३ का पुसलाल मण्डलको मृत्यु पश्चात जीवन बीमा गरिएको रकम निजकी श्रीमती रियादेवी मण्डललाई बोनस सहित हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । टिभीइ रोगबाट मृत्यु भएका मण्डलका हकवाला श्रीमतीले बोनससहित एक लाख ३१ हजार एक सय रुपैयाँ प्राप्त गरेकी छिन् ।

त्यस्तै उदयपुर चौदण्डी नगरपालिका ५ का दहनीदेवी चौधरीको निधन पश्चात निजको हकवाला छोरालाई बीमा रकम हस्तान्तरण गरिएको छ । हेपाटाईटिस रोगबाट चौधरीको निधन पश्चात बीमा कम्पनीले एक लाख ४१ हजार छ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....