Nepal Life Insurance

लुम्बिनी जनरल इन्स्योरेन्स र कामना सेवा बैंकबीच सम्झौता

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार ११:२६

Nabaraj Neupane

६६ पटक पढिएको

काठमाडौं ।
ख बर्गको वित्तिय संस्थाको रुपमा कारोबार गर्दै आएको कामना सेवा विकास बैंकसँग लुम्बिनी जनरल इन्स्योरेन्सले सेवा आदान प्रदान गर्ने सम्झौता गरेका छन् ।

सम्झौतापछि कामना सेवा विकास बैंकबाटै लुम्बिनी जनरल इन्स्योरेन्सका सेवाहरु प्राप्त गर्न सकिने भएको छ ।
दुई कम्पनीका बीचमा साझा लाभको उद्देश्य गरिएको उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीवनबीमा पोलिसिहरु खरिद गर्न सक्ने सम्झौता पत्रमा उल्लेख छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल देश भरि ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी पनि निर्जिवन बीमा क्षेत्रको अग्रणी कम्पनी हो ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....