Nepal Life Insurance

७० गाई, डेढ करोड लगानी, बीमा गरेर ढुक्क ठाकुर आचार्य

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार १९:१५

Nabaraj Neupane

पोखरा ।
गाई फार्ममा ७० वटा गाई छन्, हालसम्म डेढ करोडभन्दा बढि लगानी भइसकेको छ । सबै गाईको पशु बीमा गरेका कारण कृषक ठाकुर आचार्य ढुक्कसँग पशुपालन गर्दै आएका छन् ।

पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गरेर अहिलेको अवस्थामा पुर्याएको बताउँछन् । शून्य लागतबाट सुरु गरेको व्यवसाय यति ठूलो बनिसक्दा समेत उनी बीमा गरेका कारण निश्चिन्त देखिन्छन् ।

पोखराको भरतपोखरीमा सञ्चालित गोठमा गाईका साथै एक भैँसी, तीन पाडा, एक बहर र एक राँगो पनि छन् ।
२०६७ सालमा सहकारीबाटै रु ५० हजार ऋण र आफूले १२ हजार थपी बागमाराबाटै दोस्रो गाई थप्नुभएका उहाँको आचार्य गाई फार्ममा अहिलेसम्म झण्डै रु डेढ करोड लगानी भइसकेको बताउँछन् । लगानी बृद्धिसँगै चारखुट्टे पशुधनप्रति बीमा गरेका कारण ढुक्का भएर व्यवसाय गरिरहेको आचार्य बताउँछन् ।

फार्मबाट दैनिक २६० लिटर दूधका साथै तरकारी पनि बिक्री हुने गरेको छ । दूध प्रतिलिटर रु ६० मा बिक्री हुन्छ । फार्ममा पालिएका राँगो तथा बहर पनि उहाँको आम्दानीको स्रोत हो । राँगो तथा बहरबाट प्रति प्रजनन रु एक÷एक हजार लिने गरेको उहाँले जानकारी दिनुभयो । गाईपालनमा समस्या नआओस् भन्दै उहाँले प्रत्येक गाईको रु एक÷एक लाखका दरले पशु बीमासमेत गर्नुभएको छ । बीमा गरेपछि उनलाई जोखिम बहनको तनाव हटेको र ढुक्क भएर काम गर्न सहज भएको बताउनुहुन्छ ।

उहाँको फार्ममा यतिखेर छ जनाले प्रत्यक्ष अप्रत्यक्ष गरी १० जनाले रोजगारी पाएका छन् । व्यावसायिक कृषिमा राम्रो सम्भावना रहेको बताउँदै उहाँले देशमा नै स्वरोजगार सिर्जना गर्न युवालाई यसतर्फ आकर्षण गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....