Nepal Life Insurance

मृतकको घरैमा पुगेर एसियन लाईफद्वारा  बीमा रकम भुक्तानी

प्रकाशित मिति: २० माघ २०७५, आईतवार १५:२०

Nabaraj Neupane

१०४ पटक पढिएको

बीमा न्यूज/काठमाडौं ।
जीवन बीमा गरेको व्यक्ति कुनै कारणबश मृत्युवरण गरेमा बाँकी प्रिमियम मिनाहा गर्दै जति रकमको बीमा गरेको हो, त्यसमा रकम थप समेत गरेर भुक्तानी गर्ने बीमा नियम अनुसार एसियन लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरु निधन भएका व्यक्तिको घरैमा पुगेर बीमा दावी रकम भुक्तानी गर्न थालेका छन् ।

बीमा क्षेत्र प्रतिस्पर्धी बन्दै जाँदा आम सर्वसधारणले सेवा समेत सहज रुपमा पाउन थालेका छन् ।

विशेष गरी पूर्वी क्षेत्रमा घरैमा पुगेर बीमा दावी रकम भुक्तानी गर्ने अभ्यास बढ्दै गएको छ । यसै क्रममा हिजो माघ १९ गते शनिवार सुनसरी, देवानगन्जस्थित अशोक कुमार भगतको घरमा एसियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरु पुगेर बीमा गरेको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सुनसरी जिल्ला देवानगञ्ज–३ घर भई हाल ईनरुवा निवासी मृतक बीमित अशोक कुमार भगतको श्रीमति रञ्जना देवी भगतलाई १ लाख ५२ हजार १ सय ८४ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनिका बरिष्ठ अभिकर्ता सुनिल कुमार भगतले एक समारोहका बीच सयुक्त रुपमा सो चेक हस्तान्तरण हस्तान्तण गरेका थिए ।

सो रकम भुक्तानी गर्न एशियन लाइफ इन्स्योरेन्स कम्पनीका ईनरुवा उपशाखाका प्रमुख नारायण प्रसाद खनाल, बिजनेश म्यानेजर ऋषिकेश चौधरी, राजेश पडिण्त एव अभिकर्ता साथै स्थानिय जनताको उपस्थिती रहेको थियो । भविष्यलाई सुरक्षित गर्न जीवन बीमा गरेका भगतको ब्रेन टिउमर भई उपचारको क्रममा मृत्यु भएको थियो । उनको परिवारले बाँकी किस्ता रकम नतिरी बीमा गरेको रकम प्राप्त गरेको हो ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....